नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल

काठमाडौँ, ११ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको बताएका छन् ।

मन्त्री पाखरेलले बिहीबार सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताए । नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्नुका साथै परीक्षांक र ‘डेटा इन्ट्री’को रुजु गर्नेछ ।

“राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो”, मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म