राष्ट्रिय पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप सुरु, उद्घाटन खेलमै रोचक प्रतिस्पर्धा

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका खेलहरू बिहीबार सम्पन्न भएका छन्।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल बक्सिङ महासंघका अध्यक्षले गरेका थिए। महासंघका महासचिव मानबहादुर भण्डारी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ प्रि–क्वार्टरफाइनल तथा महिलातर्फ क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन्। पुरुष ५५ केजी तौल समूहमा प्रेम चौधरी (टिएसी) ले सुरज घर्ती मगरलाई दोस्रो राउण्डमा रेफ्री स्टप कन्टेस्ट (आरएससी) मार्फत पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरे। सोही तौल समूहमा सिंहबिर लिम्बु (कोशी) ले रोहन सारुलाई ५–० को एकपक्षीय अंकका आधारमा हराए।

६० केजीमा मिलन सार्की (बागमती) ले सुरज भट्टराईमाथि पहिलो राउण्डमै आरएससी जित निकाले भने नितेश नेपाली (टिएसी) ले विक्रम परियारलाई ४–१ को अंक अन्तरले पराजित गरे। ७० केजी तौल समूहमा आर्यन तामाङ (मधेश) ले भुगोल बम ठाकुरीलाई ३–२ को प्रतिस्पर्धात्मक नतिजामा हराए। अर्को खेलमा भारत चन्द (सुदूरपश्चिम) ले बिकाश रानामाथि ५–० को स्पष्ट जित हात पारे।

महिलातर्फ ५१ केजी तौल समूहको क्वार्टरफाइनलमा नाङ्जा बुद्ध मगर (एपीएफ) ले रोशनी बस्नेतलाई पहिलो राउण्डमै आरएससीमार्फत पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन्। अर्को खेलमा आरती भोम्जन (टिएसी) ले रोजिना चौधरीलाई पहिलो राउण्डमै आरएससी जित निकाल्दै अन्तिम चारमा प्रवेश गरिन्।

नेपाल बक्सिङ महासंघका अनुसार प्रतियोगिताका बाँकी खेलहरू आगामी दिनमा निरन्तर सञ्चालन हुनेछन्। राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताले नेपाली बक्सिङको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर