वीरगञ्ज भन्सारबाट २ खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आवमा रु दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर,सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो । कार्यालयले गत आवको ११ महिनामा भने रु दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रू दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको थियो ।

पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रू १९ अर्ब ३४ करोड र चैतमा रु २२ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वैशाखमा रु २१ अर्ब ७४ करोड राजस्व सङ्कलन गरेको छ । जेठ महिनामा रु २२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ ।

गत आवको ११ महिनाको अवधिमा भने सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशीमुलुक निर्यात भएको छ । गत आवको ११ महिनामा भने ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा