आयोगद्वारा कार्यदललाई २१ बुँदे सुझाव: १०५ सदस्यीय प्रतिनिधिसभा बनाउन सुझाव

काठमाडौँ, २२ जेठ । निर्वाचन आयोगले प्रतिनिधिसभा १०५ सदस्यीय बनाउन सुझाव दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई संविधान संशोधनबारे राय दिँदै प्रतिनिधिसभा १०५ सदस्यीय बनाउनु उपयुक्त हुने सुझाव पठाएको हो । 

कार्यदललाई लिखित सुझाव दिँदै आयोगले हालको २७५ सदस्यीय प्रतिनिधिसभालाई घटाउन भनेको हो । स्थानीय तह गैरदलीय बनाउन सकिने पनि आयोगको सुझाव छ । आयोगले दिएको २१ बुँदे सुझावमा राष्ट्रियसभा अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दिन भनिएको छ । साथै सङ्घ र प्रदेशमा विज्ञ मन्त्रिपरिषद् गठन गर्दा उपयुक्त हुने आयोगको सुझाव छ । 

२१ वर्ष उमेरको नागरिकले प्रतिनिधिसभाको निर्वाचन र ३० वर्ष उमेर पुगेकालाई राष्ट्रियसभाको उम्मेदवार बन्न उपयुक्त हुने आयोगको सुझाव छ । हाल प्रतिनिधिसभा सदस्यका लागि २५ वर्ष पुरा भएको हुनुपर्ने र राष्ट्रियसभाको उम्मेदवार बन्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने संविधानमा व्यवस्था छ । एक जिल्लालाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्षतर्फ ७७ जनाको व्यवस्था गर्न सुझाव दिएको आयोगले समानुपातिकतर्फ २८ सदस्य मात्रै राख्न सकिने सुझाव दिएको छ ।

विद्यमान संविधानको धारा ८४ मा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभा गठन हुने व्यवस्था छ भने राष्ट्रियसभा ५९सदस्यीय छ । प्रदेशमा समानुपातिक व्यवस्था हटाउन पनि आयोगको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र

काठमाडौँ, १० भदौ । बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने

काठमाडौँ, १० भदौ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

काठमाडौँ, १० भदौ । सरकारले भोटेकोशी बाढीबाट घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै