हुरीबतासले विद्यालयको छानो उडाएपछि पठनपाठन प्रभावित

काठमाडौँ, १० जेठ । जुम्लाको तिला गाउँपालिका–९ मा रहेको ज्योति माध्यमिक विद्यालयको कक्षाकोठा भवनको छानो हुरीबतासले उडाएको छ । जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ ।

हुरीबतासले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठा अभाव हुने वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । शुक्रबार आएको हुरीका कारण विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष रावतको भनाइ छ ।

विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणालीसमेत पूर्ण रूपमा नष्ट भएको छ । राष्ट्रिय लाइनको विद्युत् सेवा पुगेको छैन । सौर्य ऊर्जामै निर्भर रहेको विद्यालयमा अहिले ऊर्जाविहीन बनेको विद्यालयका प्रधानाध्यापक मोतीराम बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई