एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

काठमाडौँ, १० जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ ।

गाउँपालिकाले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्दै आधुनिक प्रविधि र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले सम्मान गरेको हो । साधारणधारतर्फ उत्कृष्ट नतिजा ल्याउने छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई ल्यापटप वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षण सिकाइमा हौसला प्रदान गर्दै प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्‍याउने लक्ष्यले विद्यार्थीलाई प्रोत्साहनस्वरुप ल्यापटप वितरण गरिएको बताए ।

यसले विद्यार्थीमा मिहिनेत, अनुशासन र लगनशीलताको विकासमा सहयोग पुग्ने उनले धारणा राखे । शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई