काभ्रेमा बर्ड फ्लु पुष्टि

काठमाडौँ, ६ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको वडा नं. २ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो ।

नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो । उक्त प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९ प्रमाणित भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ जेठ । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ

एजेन्सी, ६ जेठ । कङ्गोमा कम्तीमा १३१ जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व

एजेन्सी, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको अनुरोधमा मंगलबारका लागि तय गरिएको इरानमाथिको सैन्य आक्रमणलाई तत्कालका लागि स्थगित

एजेन्सी, ५ जेठ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने