३३ बुँदे संकल्प गर्दै कांग्रेस बागमती प्रदेशस्तरीय भेला सम्पन्न

काभ्रे, ५ जेठ । नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको छ ।

धुलिखेलमा सोमबारदेखि सुरू भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको हो । भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत् उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने पहिलो संकल्प गरेको छ

संघीय सरकारलाई संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान र मानवीयतालाई केन्द्रमा राख्न ध्यानाकर्षण गराउने दोस्रो संकल्पमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा बागमती प्रदेश सरकार र स्थानीय सरकारले सुरु गरेका असल अभ्यास र नवीन सिर्जनात्मक अभियानहरूलाई सूचीबद्ध गरी नागरिक पंक्तिमा पुर्‍याउने र एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने भेलाले निष्कर्ष निकालेको छ ।

‘संघीयता र संविधानको मर्मबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको ‘तीन स’ अनुरुप समुन्नतिको मार्गमा अगाडि बढ्न संघीय सरकारलाई अपिल गर्दै त्यसमा आफू समर्पित रहने संकल्पको लिएको छ । पार्टीको संगठन सुदृढीकरण गर्न र डिजिटल अभिलेखमार्फत् सदस्यको योगदानलाई लिपिवद्ध गर्न तथा पार्टी अभियानमा आम सदस्यलाई सिधै जोड्न ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा थप सक्रिय रहन पार्टी पंक्तिलाई प्रेरित गर्ने र समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने संकल्प पनि भेलाले गरेको छ ।

भेलामा बागमती प्रदेश सभा सदस्यहरू, स्थानीय सरकार प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र एवं स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी