प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा: महँगोमा बेच्ने वडा सदस्य फरार

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी मल बरामद गरेको छ।

वडा सदस्य साहले घरमा लुकाइछिपाइ डिएपी मल राखेको र रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त मल बरामद गरेको हो ।

वडा सदस्य साहको घरबाट बरामद भएको उक्त रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । वडा सदस्य साह फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई