बासी खाना खुवाउने होटेललाई २५ हजार जरिवाना

काठमाडौँ, १० साउन । यात्रीलाई बासी खाना खुवाएको आरोपमा देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या पाएपछि जरिवाना गरेको हो ।

टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सातवटा होटलको पनि अनुगमन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका

काठमाडौँ, १५ असोज । नेपालका विभिन्न हिमाल आरोहणका निम्ति ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार

काठमाडौँ, १५ असोज । बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको

काठमाडौँ, १५ असोज । काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य