केपी ओलीको नाम शिलालेखबाट मेटिएला तर इतिहास मेटिँदैन : महासचिव पोखरेल

काठमाडौँ, १० साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिको नेतृत्वमा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम शिलालेखबाट मेटाइएता पनि इतिहास भने कहिल्यै नमेटिने बताउनुभएको छ ।

नागढुंगा सुरुङ मार्गको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको शिलान्यासको शिलालेख उद्घाटनको तयारीमा रहेको समयमा सरकारले हटाएपछि आक्रोस व्यक्त गर्दै महासचिव पोखरेलले उक्त कार्य सरकारको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति हो । जननेता मदन भण्डारीको ‘प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन् ।’ भन्ने सत्य बचनलाई वर्तमान सरकारले मनन गर्न सकेको देखिएन । वास्तवमा बालेन नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य बिर्सेर जुन हर्कत गरिरहेको छ, यसले उनीहरूलाई नै दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्नेछ !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३