बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौँ, १० साउन । कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुद्धोधन गाउँपालिका ६ बिपियामा गएराति सवा १२ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशामा रहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तौलिहवास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका दुवैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for