सांसदमाथिको दुर्व्यवहार निन्दनीय : सभापति थापा

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् । बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि कालो मसी प्रहार भएको थियो । त्यस्तै उदयपुर तथा स्याङ्जाका सांसदहरुमाथि पनि दुर्वव्यवहार भएको थियो ।

उनले लेखेका छन्, ‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ । असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन । लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ । तर कुनैपनि व्यक्ति माथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनैपनि हालतमा स्वीकार्य हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ सय रुपैयाँले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई

पोखरा, ९ भदौ ।  गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको