यार्सागुम्बा संकलनको लागि १५ दिन विद्यालय बन्द

काठमाडौँ, २६ बैशाख । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा संकलनको सिजन सुरु भएसँगै आइतबारदेखि सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द हुने  भएका छन् । 

शिक्षक, अभिभावक तथा विद्यार्थीहरू यार्सागुम्बा संकलनका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार वैशाख २७ गतेदेखि पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ ।

गाउँपालिका शिक्षा शाखाले शुक्रबार सूचना जारी गर्दै बन्द भएका विद्यालय आगामी जेठ १० गतेदेखि पुनः सञ्चालनमा आउने जनाएको छ । अपी हिमाल गाउँपालिकाभित्र रहेका २२ सामुदायिक विद्यालयमा करिब एक हजार १०० विद्यार्थी अध्ययनरत रहेका छन् । स्थानीयवासी वैशाख अन्तिम सातादेखि नै यार्सागुम्बा संकलनका लागि पाटन क्षेत्रमा पुगिसकेका छन् ।

जिल्लामा सबैभन्दा बढी सङ्कलनहरू अपी हिमाल क्षेत्रका लोलु, रिङ्देपानी, सतगङ्गा, कालीढुङ्गा, काटै, घट्टेखोला, धरमघर, क्षति र चाइमटेलालगायत क्षेत्रमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको