भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धीमान घलान रहेका छन्।

सोमबार बरहथवा नगरपालिका–१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो ।

खोजतलासका क्रममा ४ जनाको समूहमा रहेका मानिसहरूले प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा प्रहरीले बुद्धीमान घलानलाई नियन्त्रणमा लिन सफल भए पनि अन्य व्यक्तिहरू भने फरार भएका छन्।

पक्राउ परेका घलानको खानतलासी गर्दा उनको साथबाट  भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फलामको रड १ थान,  बारुद १७५ ग्राम, फलामको गोली ८० थान र  फलामको रडका टुक्राहरू५ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका घलानलाई ‘हातहतियार खरखजाना सम्बन्धी कसुर’मा मुद्दा चलाउन सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३