रणवीर सिंहमाथि चलचित्र उद्योगमा प्रतिबन्ध

काठमाडौँ, १२ जेठ । बलिउड अभिनेता रणवीर सिंहमाथि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले प्रतिबन्ध लगाएको छ ।

अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीका आधारमा सोमबार साँझ महासंघले रणवीरविरुद्ध यो कदम चालेको हो । रणवीरले आफ्नो पछिल्लो चलचित्र ‘धुरन्धर’ को व्यावसायिक सफलतापछि अचानक प्रतीक्षित चलचित्र ‘डन ३’ बाट बाहिरिने निर्णय लिएका थिए ।

चलचित्रको प्रि-प्रोडक्सनको काम सुरु भइसकेपछि रणवीरले धोका दिँदा निर्माण पक्षलाई ४५ करोड भारु नोक्सान भएको भन्दै फरहानले महासंघमा उजुरी दिएका थिए । महासंघका अध्यक्ष वीएन तिवारीका अनुसार यस विषयमा कुराकानी गर्न रणवीरलाई अप्रिल २२, अप्रिल ३० र मे १३ गरी तीनपटक रिमाइन्डर पठाइएको थियो तर उनले कुनै सकारात्मक प्रतिक्रिया दिएनन्। उल्टै रणवीरले यो विवाद सम्झौताको सर्तसँग जोडिएकाले महासंघ यसका लागि सही मञ्च नभएको र कानुनी उपचार खोज्नुपर्ने जवाफ पठाएका थिए । 

त्यसपछि महासंघले रणवीरविरुद्ध असहयोगको निर्देश जारी गरेको हो । फरहान अख्तरले सन् २०२३ मा रणवीरको साथमा ‘डन ३’ को घोषणा गरेका थिए। सन् २००६ को ‘डन’ र २०११ को ‘डन २’ पछि यो फ्रेन्चाइजको तेस्रो चलचित्र बन्ने तयारीमा थियो । 

सुरुमा कियारा आडवाणीलाई अनुबन्ध गरिए पनि गर्भावस्थाका कारण उनले छाडेपछि कृति सेननलाई लिने चर्चा थियो। फरहानले यसै चलचित्रका लागि आफ्नो अर्को प्रोजेक्ट ‘जी ले जरा’ समेत स्थगित गरेका थिए ।

चलचित्र ढिलाइ भएपछि रणवीर ‘धुरन्धर’ मा व्यस्त भएका थिए। सन् २०२५ बाट यसको छायांकन सुरु हुने भनिए पनि रणवीरले अचानक चलचित्र छाडिदिए । निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको र गालीगलौज तथा हिंसात्मक दृश्य राख्न दबाब दिएको आरोप लगाएको छ । 

प्रतिबन्धका कारण रणवीरको अभिनय रहने ‘किङ’ (विशेष भूमिका), निर्देशक आदित्य धरको आगामी चलचित्र, कियारा आडवाणीसँगको नयाँ प्रोजेक्ट र संजय लीला भन्सालीको ‘बैजु बावरा’ को छायांकन प्रभावित हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । रौतहटमा झगडा छुट्टाउने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरपालिका–४

काठमाडौँ, १२ जेठ । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, १२ जेठ । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रौतहटको