विराटनगरमा विद्युत् आपूर्ति अवरुद्ध

काठमाडौँ, १२ जेठ । हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

विद्युत् आपूर्ति अवरुद्ध भएको साढे १२ घण्टाभन्दा बढी समय भइसकेको स्थानीयले बताएका छन् । सोमबारको हावाहुरी र वर्षाका कारण ३३ केभी विराटनगर ३, मल्टिफ्युल, कटहरी र विराटनगर औद्योगिक फिडरमा अहिले पनि ‘फल्ट’ देखिएको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ ।

प्राधिकरणका अनुसार, धेरै ठाउँमा विद्युत् पोल भाँचिएको छ । रुख ढल्दा तार चुँडिएको छ । क्षति भएको ठाउँमा प्राधिकरणका प्राविधिक तथा कर्मचारी खटिएर मर्मत कार्य सुरु भइसकेको जनाइएको छ ।

तर, पूर्ण रूपमा मर्मतसम्हारको कार्य पूरा नहुन्जेल धेरै स्थानमा बिजुली आपूर्तिको सम्भावना न्यून रहेको प्राधिकरणको विराटनगर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अहिले अमेरिका पुगेका छन् । नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना

काठमाडौँ, १२ असार । चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली

काठमाडौँ, १० असार । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ

काठमाडौँ, ९ असार । काठमाडौँको थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा