काठमाडौँमा बर्ड फ्लु : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।

सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।

रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ । एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा

काठमाडौँ, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर सहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७

काठमाडौँ, १८ साउन । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित

काठमाडौँ, १८ साउन । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । आजको राष्ट्रियसभा बैठकमा सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको