सीमा क्षेत्रबाट ३ लाख बराबरको सामान बरामद

काठमाडौँ, १५ बैशाख । सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट करिब तीन लाख मूल्य बराको सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्दै गरेका सामानहरु अवैध भन्दै नियन्त्रणमा लिएको हो ।

सशस्त्रका अनुसार  २ लाख ५० हजार बराबरको स. ८ प १२३४ नम्बरको नेपाली मोटरसाइकल, २० हजार बराबरको मदिरा र २५ हजार २८५ रपैयाँ बराबरको विभिन्न पेय पदार्थसहितका सामग्री नियन्त्रणमा लिएको छ ।

बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाएको छ । भारतबाट १०० सय रुपैयाँ बराबरको समान ल्याए अनिवार्य भन्सार लाग्ने व्यवस्था गरेसँगै सशस्त्र प्रहरीले सिमानाकामा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख

काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको  आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ

काठमाडौँ, १३ बैशाख । गायिका रचना रिमाल आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, मौसम खराबीका कारण उनी गन्तव्यमा

काठमाडौँ, १२ बैशाख । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म