संसद् अधिवेशन तत्काल बोलाउन नेकपाको माग

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तत्काल संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।  

मङ्गलबार केन्द्रीय कार्यालय पेरिसडाडामा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले संसद् अधिवेशन अन्त्य गरी सरकारले अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा असन्तुष्टि जनाएको छ । बैठकले सङ्घीय निजामती, विद्यालय शिक्षा लगायतका कानुन निर्माणमा सरोकारवाला पक्षका आवाज सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘आफैँले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रूपमा स्थगित गरेर अध्यादेश अगाडि बढाउनु संसद्लाई छल्ने सरकारको गैर–लोकतान्त्रिक कार्यको विरोध गर्दै  यो बैठक तत्काल संसद्को बैठक आह्वान गर्न माग गर्दछ’, नेकपाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय