नेकपाले टुंगो लगायो प्रदेश समिति इञ्चार्ज र संयोजक (सूचीसहित)

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको हो ।

१. कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई

२.मधेश प्रदेश इञ्चार्जमा महिन्द्र राय यादव

३.बागमती प्रदेश इञ्चार्जमा डा. गंगालाल तुलाधर

४.गण्डकी प्रदेश इञ्चार्जमा श्रीनाथ बराल

५.लुम्बिनी प्रदेश इञ्चार्जमा चक्रपाणि खनाल

६.कर्णाली प्रदेश इञ्चार्जमा चन्द्रबहादुर शाही

७.सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल

यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी हितमान शाक्यले र सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी यशोदा सुवेदी गुरुङले पाएकी छन् ।

यसैगरी कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल, गण्डकी प्रदेश संयोजकमा गायत्री गुरुङ तोकिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खान, कर्णाली प्रदेश संयोजकमा बिमला केसी, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिराम चौधरी छन् ।

यस्तै उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन् ।

प्रदेश इञ्चार्जहरू

  • कोशी प्रदेश : राजेन्द्र राई
  • मधेश प्रदेश : महिन्द्र राय यादव
  • बागमती प्रदेश : डा. गंगालाल तुलाधर
  • गण्डकी प्रदेश : श्रीनाथ बराल
  • लुम्बिनी प्रदेश : चक्रपाणि खनाल
  • कर्णाली प्रदेश : चन्द्रबहादुर शाही
  • सुदूरपश्चिम प्रदेश : डा. भीम रावल
  • उपत्यका विशेष प्रदेश : हितमान शाक्य
  • सम्पर्क समन्वय प्रदेश : यशोदा सुवेदी

यी हुन् प्रदेश संयोजकहरू

  • कोशी प्रदेश : हर्क नेम्वाङ
  • मधेश प्रदेश : राजु खड्का
  • बागमती प्रदेश : सरल सहयात्री
  • गण्डकी प्रदेश : गायत्री गुरुङ
  • लुम्बिनी प्रदेश : अब्दुल हुसेन खान
  • कर्णाली प्रदेश : बिमला केसी
  • सुदूरपश्चिम प्रदेश : हरिराम चौधरी
  • उपत्यका विशेष प्रदेश : विष्णु लामिछाने
  • सम्पर्क समन्वय प्रदेश : तारानाथ दाहाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न

काठमाडौँ, १५ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।  अब सार्वजनिक खरिद ऐन,

काठमाडौँ, १५ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक धुम्बाराहीस्थित होटल