ब्राउन सुगरसहित एक महिला पक्राउ

काठमाडौँ, ११ बैशाख । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् ।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरा ११ फूलबारीबाट २७ वर्षीया मन्दिरा मगरलाई पक्राउ गरेको हो । छापा मार्ने क्रममा उनको साथबाट ब्राउन सुगर १०२.३७ ग्राम र ९ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

ब्राउन सुगर जोख्न प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । उनी लमजुङको मध्य नेपाल ६ स्थायी घर भई हाल पोखरामा डेरा गरी बस्दै आएकी थिइन् । उनको कोठाबाटै सामानहरू बरामद भएको हो ।

उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लागू औषधको बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । बरामद गरिएको ब्राउन सुगर र नगद ल्याब टेस्टका लागि पठाइएको छ । अदालतमा उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्न लगिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौँका

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको

काठमाडौँ, ११ बैशाख । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

एजेन्सी, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफू कुनै हतारमा नरहेको स्पष्ट पारेका छन् । ह्वाइट