१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

काठमाडौँ, ११ बैशाख । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

बैंकले १९ दिनका लागि उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो  ।  केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । 

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका