तनहुँमा बस दुर्घटना

काठमाडौँ, ११ बैशाख । तनुहँको शेराफाँट भन्ने ठाउँमा बस दुर्घटना भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको छ । ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेका थिए । दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेलाई जीपी अस्पताल बेलचौतारामा उपचारका लागि लगिएको छ ।

स्थानीय, प्रहरीसहित मिलेर उद्धारको काम भइरहेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको तनहुँका प्रहरीले जनाएको छ । बस पाेखराबाट भैरहवाका लागि छुटेकाे थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई

काठमाडौँ, ९ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका

काठमाडौँ, ९ साउन । सरकारले राष्ट्रिय परिचयपत्रका लागि १ करोड अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम (एबीआईएस) फ्रान्सेली कम्पनीबाट बिनाप्रतिस्पर्धा खरिद गर्ने

काठमाडौँ, ९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको