इरानसँगको युद्ध अन्त्य गर्न हतार छैन : राष्ट्रपति ट्रम्प

एजेन्सी, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफू कुनै हतारमा नरहेको स्पष्ट पारेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वार्ता अझै लम्बिन सक्ने र आफू कुनै पनि ‘समय–सीमा’मा बाँधिन नचाहने बताएका छन् । उनले युद्धको सुरुआती चार हप्तामै अमेरिकाले सैन्य रूपमा ठूलो बढत हासिल गरिसकेको र अब केवल एउटा ठोस सम्झौता हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी भएको बताए । युद्धमा परमाणु हतियारको सम्भावित प्रयोगबारे सोधिएको प्रश्नमा ट्रम्पले इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने सोचमा नभएको स्पष्ट पारे ।

“यदि सम्झौता भएन भने सैन्य कारबाही पुनः सुरु गरिनेछ,” ट्रम्पले चेतावनी दिँदै भने, “यस्ता हतियारहरूको प्रयोग कुनै पनि स्थितिमा हुनु हुँदैन ।”

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले होर्मुज जलमार्गमा आफ्नो कारबाही तीव्र पारेको जानकारी दिए । विशेषगरी व्यापारिक जहाजहरूको आवतजावत सुरक्षित बनाउन समुद्री मार्गमा बिछ्याइएका ‘बारुदी सुरुङ’ हटाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

यसैबीच तनाव अझ बढ्दै गएका बेला अमेरिकी सेनाले हिन्द महासागरमा तेल तस्करीमा संलग्न रहेको आरोपमा अर्को एउटा इरानी ट्यांकर जफत गरेको दाबी गरेको छ । यसअघि इरानले होर्मुज जलमार्गमा तीनवटा मालवाहक जहाजमाथि आक्रमण गरेको घटनाले क्षेत्रमा पहिले नै तनाव उच्च थियो ।

अमेरिका र इरानबीचको यो द्वन्द्वले विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गबाट हुने तेल व्यापारलाई लगभग ठप्प पारेको छ । विश्वव्यापी बजारमा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ भने तेलको अभावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्ने जोखिम बढेको छ । यो जलमार्गमा हुने अवरोधले विश्व अर्थतन्त्रलाई नै गम्भीर धक्का पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका