विकास निर्माणका सामग्री ढुवानीमा अवरोध नगर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौँ, ११ बैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गर्दै विकास निर्माणका आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्रीको उपलब्धता र ढुवानीमा देखिएका अवरोध हटाउन विशेष निर्देशन दिएको छ ।

सङ्घीय, प्रादेशिक तथा स्थानीय स्तरका विभिन्न आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्न आवश्यक पर्ने कच्चा पदार्थ र निर्माण सामग्रीको ओसारपसारमा स्थानीय स्तरबाट अवरोध भइरहेको गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।

मन्त्रालयद्वारा जारी परिपत्रमा निर्माण सामग्री प्राप्तिमा हुने ढिलाइले जनताको विकासको अधिकार सङ्कुचन हुने मात्र नभई सरकारमाथि थप करारजन्य र आर्थिक दायित्व समेत थपिने उल्लेख गरिएको छ । यस्ता समस्याले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको गति सुस्त हुने भएकाले निर्माण सामग्रीको निर्बाध उपभोग र ढुवानी सुनिश्चित गर्न मन्त्रालयले सबै प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीहरूलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून