भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ, ११ बैशाख । सुर्खेतको बराहताल गाउँपालिका-४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा ५३ वर्षीया शेर बहादुर राना रहेका छन् । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तरङ्गा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई आज बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

उनीमाथि हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । सरकारले काठमाडौँका

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको

काठमाडौँ, ११ बैशाख । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

एजेन्सी, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफू कुनै हतारमा नरहेको स्पष्ट पारेका छन् । ह्वाइट