मोरङमा गोली चल्यो

काठमाडौँ, ८ बैशाख । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका अनुसार रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको थियो । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने मियाँ भाग्न खोजेका थिए ।

भागेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो । हवाइ फायर गरेपछि पक्राउ परेका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर बरामद भएको  थियो ।

प्लास्टिकसहित ब्राउनसुगरको करिब तौल ५१३ ग्राम थियो । प्लास्टिक बाहेक ४४७ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मियाँ लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

एजेन्सी, १० साउन । सिरियामा दुई वटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अन्य ३० जना

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई