भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

नयाँ दिल्ली, ९ साउन । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।

निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै कक्रोच जनता पार्टीको आह्वानमा जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो । प्रधान स्वयंले सोसल मिडियामा पत्र सेयर गर्दै आफ्नो राजीनामाको जानकारी दिएका हुन् । 

प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीका दीपकेले प्रतिक्रिया दिँदै भने, ‘मानिसहरू यो सरकारमा राजीनामा आउँदैन भन्थे। झुक्छ दुनिया, झुकाउने हुनुपर्छ।’

दीपकेले अगाडि भने, ‘धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यदि मानिस डराउँदैनन् र यो सरकारसामु झुक्दैनन् भने जोकसैको राजीनामा गराउन सकिन्छ भन्ने कुराको यो प्रमाण हो। लोकतन्त्रमा डराउनुपर्ने आवश्यकता छैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य

काठमाडौँ, ३१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग