कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी

काठमाडौँ, ११ साउन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ । 

प्रतिष्ठानका प्रमुख एवम् पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गगनकुमार थापाले सहजीकरणको जिम्मेवारी पाएका साथीहरूलाई यो काम पार्टीको मुख्य दायित्व ठानेर पूरा गर्न निर्देशन दिएका छन् ।

सभापति थापाले हरेक उपसमितिलाई एनसीफोरएनसीको अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका मुद्दा उठाउन आग्रह गरे। कांग्रेसले नागरिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई नै पार्टीको नीतिगत मुद्दा बनाउने धारणा उनले व्यक्त गरे।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानको अर्को बैठक सोमबार बिहान ११ः३० बजे पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा

काठमाडौँ, १० भदौ । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका