तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता

काठमाडौँ, ११ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको साङ्घातिक आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । 

उनले मृतकप्रति समवेदना व्यक्त गर्दै अस्पतालजस्तो संवेदनशील स्थानमा हुने हिंसा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

घटनापछि मन्त्री मेहताले गृहमन्त्री सुधन गुरूङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गरेर पहल अघि बढाएकी छन् ।

समन्वयकै क्रममा घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढिरहेको छ। निष्पक्ष अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता मन्त्री मेहताले व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई

काठमाडौँ, ३ भदौ । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एकजनाको शव फेलापरेको छ । निर्मल

काठमाडौँ, ३ भदौ । सुर्खेतको बराहताल गाउँपालिका–४, घुमाउनेस्थित भेरी नदीमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ