पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ, ७ बैशाख । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरेको हो । उनी बुद्धभूमि-९ इमिलियाका हुन् ।

पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सुरजको कोठासमेत खानतलासी गर्दा पेस्तोल बरामद गरिएको र थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ । सभापति रवि

काठमाडौँ, ६ बैशाख । भुटानी शरणार्थी संकटको दीर्घकालीन समाधान र भुटानमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न