अमेरिकामा भएको गोलीकाण्डमा ८ बालबालिकाको हत्या

एजेन्सी, ७ बैशाख । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ (डोमेस्टिक डिस्टर्बेन्स) को परिणामका रूपमा व्याख्या गरेको छ ।

स्थानीय समय अनुसार बिहान करिब ५ बजे सुरु भएको घटनामा एक जना बन्दुकधारीले १० जनामाथि गोली चलाएका थिए । त्यसपछि उनी चोरी गरिएको गाडी चढेर फरार भएका थिए । प्रहरीले पछ्याएर आक्रमणकारीलाई गोली हानी मारिएको जनाएको छ ।

सो गोलीकाण्डमा केही घाइतेसमेत भएका छन् । तर प्रहरीले मृतक र घाइतेहरुको पूर्ण विवरण सार्वजनिक गरेको छैन । घटनामा घाइते भएका केहीलाई अस्पताल लगिएको छ ।

प्रहरीले घटना एक ठाउँमा मात्र नभई वेस्ट ७९ औँ स्ट्रिटका दुई घर र ह्यारिसन स्ट्रिटस्थित अर्को घरसहित तीन स्थानमा भएको जनाएको छ । अधिकारीहरुले यो घटनालाई इतिहासकै सबैभन्दा दु:खद भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्ने बस्ने भएको छ । सभापति रवि

काठमाडौँ, ६ बैशाख । भुटानी शरणार्थी संकटको दीर्घकालीन समाधान र भुटानमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न