सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने

काठमाडौँ, ६ बैशाख । गोरखाका सामुदायिक विद्यालयहरुमा भोलिबाट पठनपाठन सुरु हुने भएको छ ।

वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो ।

शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका विषयमा सार्वजनिक भएका परिपत्रहरुप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघीय सरकारले गरेको परिपत्र र निर्देशन अनुसार पठन कार्यघण्टा नपुग्ने र शैक्षिक सत्र तलमाथि हुने भएकाले उक्त अन्यौलता हटाउन नयाँ शिक्षा ऐन समेत यथाशीघ्र निर्माण गर्न उनीहरुले आग्रह गरेका छन् । अभिभावकहरुको मागलाई समेत मध्यनजर गर्दै सोमबारबाट भर्ना अभियान र पठनपाठन एकैसाथ सञ्चालन गर्न लागिएको उनीहरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई