मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, ५ बैशाख । बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ वनस्थली बस्ने ५२ वर्षीय ‘दीपक’ भन्ने विश्वराम अधिकारी रहेका छन् ।

अधिकारीले नेपाल सरकार वादी र ध्रुव विक्रम मल्ल प्रतिवादी रहेको एक बैंकिङ कसुर मुद्दा मिलाइदिने आश्वासन दिएका थिए । उनले पीडितलाई झुक्क्याएर र गफलतमा पारेर नगद तथा मोबाइल बैंकिङमार्फत पटक-पटक गरी जम्मा १ लाख ३० हजार रुपैयाँ लिएर फरार भएका थिए ।

रकम लिएर व्यक्ति फरार भएपछि पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । उनलाई काठमाडौँको बालाजु क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अधिकारीमाथि ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ

बर्दिया, ११ बैशाख । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३

काठमाडौँ, ११ बैशाख । जुम्लाका आठ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन्

काठमाडौँ, ११ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।