बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौँ, ११ बैशाख । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख ३८०६ बस र ना ४५ प ३१६३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ बस्ने करिब ५५ वर्षीय देवबहादुर गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुरमा पठाइएकामा उपचारका क्रममा उनको निधन भएको हो । 

बसचालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का अन्दाजी ४२ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिको नेतृत्वमा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीको

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय सांसदहरुमाथि भइरहेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत

काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन, विकास

जनकपुरधाम, ९ साउन । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी डिएपी