पछिल्लो २४ घण्टामा दुई हजारबढी सवारी चालक कारबाहीमा

काठमाडौँ, ११ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका