विदेशी नागरिकता भएका १७ चिकित्सकको नाम काउन्सिलले हटायो

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ ।

आज काउन्सिलले एक सूचना जारी गर्दै विदेशी नागरिकता लिएका चिकित्सकको दर्ता खारेज गरिएको जनाएको हो । 

काउन्सिलका अनुसार, उनीहरूले नेपाली नागरिकता परित्याग गरिसकेका छन् । अरू देशको नागरिकता लिएका चिकित्सकको नाम दर्ता अभिलेखबाट हटाइएको काउन्सिलले जनाएको छ ।

अब यी चिकित्सकलाई नेपालमा चिकित्सकीय अभ्यास गर्न मान्यता नहुने काउन्सिलले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित