पूर्व स्वास्थ्यमन्त्रीद्वारा महिलाको अकाल मृत्यु रोक्न क्यान्सर स्क्रिनिङलाई निरन्तरता दिन आग्रह

काठमाडौँ, ४ बैशाख । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न आफूले सुरु गरेको निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिन सरकारलाई सुझाव दिएका छन् ।

मातातीर्थ औँसीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पौडेलले महिला स्वास्थ्यका गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

समाजमा अझै पनि महिलाको स्वास्थ्य दोस्रो प्राथमिकतामा परिरहेको चर्चा गर्दै पौडेलले समयमै परीक्षण नहुँदा कैयौँ आमा र दिदीबहिनीहरूले ज्यान गुमाउनुपरेको तितो यथार्थ स्मरण गरेका छन् । आफू मन्त्री रहँदा पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरूको रक्षाका लागि एचपीभी खोप अभियान र महिलाहरूको पाठेघर परीक्षणका लागि राष्ट्रियस्तरको स्क्रिनिङ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरेका छन् । 

वर्तमान सरकारले यो अभियानलाई अझ परिस्कृत र प्रभावकारी रूपमा अघि बढाउनेमा उनले विश्वास व्यक्त गरेका छन् । नेपालमा महिलाको ज्यान लिने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर अग्रपंक्तिमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको

भक्तपुर, ४ बैशाख । शनिबार (बैशाख ५ गते ) भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् । उनले दोस्रो धेरै