भक्तपुरमा प्रमोद र दुर्गेशको कन्सर्ट हुने

भक्तपुर, ४ बैशाख । शनिबार (बैशाख ५ गते ) भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो । आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ । त्यसैगरी कन्सटमा खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।

अध्यक्ष महतका अनुसार, दुर्गश र प्रमोद खरेलले पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडि एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलव्ध हुन लागेको अध्यक्ष महतले बताए । कन्सर्टमा खरेलले झ्यालबाट हेरलगायतका चर्चित गीत सुन्न सकिने छ ।

कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ । विगत १२ वर्षदेखि आयोजना हुंदै आएको दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिव एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।