फेसबुकमा सर्वाधिक पछ्याइने नेपालीमा बालेन शाह

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तितर्फ) बनेका छन् ।

उनले दोस्रो धेरै पछ्याइने जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका छन् । बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ । दोस्रो स्थानमा रहेकी सान्भीको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६ छ ।

गत १९ माघमा बालेनले फलोअर्स संख्यामा अभिनेत्री रेखा थापालाई उछिनेका थिए । रेखाको फलोअर्स संख्या ३४ लाख ४९ हजार छ ।

यसैसाता सम्पत्ति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले आफ्नो आम्दानी सामाजिक सञ्जालबाट हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित