शिक्षक र कर्मचारीलाई आचारसंहिता पालना गर्न बेथानचोकको निर्देशन

काभ्रेपालञ्चोक, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनममा बेथानचोक गाउँपालिकाका कर्मचारी तथा शिक्षकले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ ।

स्वच्छ, स्वतन्त्र, निपष्क्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ जारी गरेको सन्दर्भमा बेथानचोक गाउँपालिका भित्रका कर्मचारी तथा शिक्षकले पनि आचारसंहिता पूर्णरुपमा पालना गर्न गाउँपालिकाले सूूचना जारी गरी आग्रह गरेको हो ।

बेथानचोक गाउँपालिकाभित्र कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई समेत आचारसंहिता अनिवार्यरुपमा लागूू हुने भएकाले आसन्न निर्वाचनमा उम्मेद्वार भएका उम्म्दवारहरुको पक्ष वा विपक्षमा भौतिकरुपमा उपस्थिति हुुने, सामाजिक सञ्जालमा टिप्पणी गर्ने, लगायत अन्य माध्यमबाट निर्वाचन प्रचारप्रसार तथा मत माग्ने जस्ता क्रियाकलाप नगर्नु नराउनुु हुुन बेथानचोक गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ । अन्यथा प्रचलित कानुुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सयै सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्