हिलिहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौँ, १४ पौष । पाँचथरको हिलिहाङ गाँउपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको छ ।

यो गाँउपालिकालाई मापदण्डअनुसार जन्मेदेखि ५९ महिनाका बालबालिकालाई खोपको मात्रा पूरा गर्दै आइतबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

७ वटा वडा रहेको हिलिहाङमा ४ हजार ३ सय ३३ घरधुरी र १७ हजार ८ सय ७१ जनसंख्या रहेको छ । जसमध्ये जन्मदेखि ११ महिनासम्मका १ सय ५९, १२ देखि १५ महिनाका ७१, १६ देखि २३ महिनाका २ सय ३० र २४ देखि २३ महिनाका ५ सय २३ गरी कुल ९ सय ८३ बालबालिका छन् ।

सबै बालबालिकालाई निश्चित उमेर समूहमा लगाउनु पर्ने सबै खोपको मात्रा पूरा गरेसॅगै यो गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको हो । यत्तिका बालबालिकालाई खोपको मात्रा पूरा गर्न पालिकाभरिका ८ वटा स्वास्थ्य संस्था र २७ वटा खोप केन्द्रमार्फत ३ सय २४ वटा खोप सेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष समर अधिकारीले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेले गाउँपालिका अध्यक्ष अधिकारी, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र साँवा र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र दिँदै हिलिहाङलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन