अपांगता भएका विद्यार्थीको परीक्षा होम सेन्टरमा गरिने

काठमाडौँ, ९ पौष । राष्ट्रिय परीक्षा बोर्डले अपांगता भएका विद्यार्थीलाई होम सेन्टर (पढेकै विद्यालयको परीक्षा केन्द्र) मै परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ ।

बोर्डले अपांगता भएका परीक्षार्थीका लागि परीक्षा सहजीकरण निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक गर्दै यस्तो व्यवस्था प्रस्ताव गरेको हो । निर्देशिकामा अपांगता भएका परीक्षार्थीका लागि सकेसम्म होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा केन्द्र अपांगतामैत्री हुनुपर्ने उल्लेख छ ।

ऐनमा शारीरिक, दृष्टि, सुनाइ, श्रवणदृष्टिविहीन, स्वर तथा बोलाइ, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव हेमोफोलिया, अटिजम र बहुअपांगतासम्बन्धी १० वटा प्रकार तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्