कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छ नगरको बाधक : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालो सुन्दर, हरियाली र स्वच्छताको बाधक भएकाले तत्काल हटाउनुपर्ने बताउनुभयो ।

नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न र यसलाई तत्काल हटाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेकाले यसलाई छानविन गरी तत्काल मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन तथा शुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री बाँस्कोटाले मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्माण सामग्री त चाहिने बताउँदै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने उद्योगको विकल्प खोज्न उद्योगीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै महिला हिंसा घटनाका ९५ प्रतिशतलाई कानूनी दायारमा ल्याइएको छ, बाँकी ढिलोचाँडो कठघरामा ल्याएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।  कार्कीले आज दिउँसो २ बजे

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा

कञ्चनपुर, ८ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर

काठमाडौँ, ८ भदौ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज बस्ने भएका छन् ।