युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न विद्यार्थीलाई मन्त्री सिंहको आग्रह

काठमाडौँ, २८ असार । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् ।

आज नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको एसईई सम्मान कार्यक्रममा उनले देशमा केही हुँदैन भनेर युवा पुस्तामा भ्रम फैल्याउने प्रयास भइरहेको बताए । 

उनले भने, “देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य निर्माण गर्न खोजिएको र यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीले सत्यतथ्य के हो ? विवेकको प्रयोग गरेर बुझ्नुपर्छ,” “लहैलहैमा नलागौँ । केही भएन भन्ने सत्य होइन । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ युवा विद्यार्थीले आफ्नै अग्रज र अभिभावकहरूसँग सोध्नुभयो भने थाहा हुन्छ ।” 


अहिले नेपालमा शिक्षा क्षेत्रमा धेरै प्रगति भएको दाबी गरे । आफूहरू विद्यार्थी हुँदा अध्ययनका लागि विषय छनोटको सीमितता रहेको भन्दै भन्दै उनले अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने बताए । उनले भने, “तपाईं हामीले नै हो नेपाल बनाउने । देशलाई विकास निर्माणको बाटोमा देशलाई अगाडि बढाउने,” “अहिले अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता छैन । देशमै बसेर उच्च शिक्षा लिन सकिन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ