नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, ११ असार । काठमाडौँस्थित जनप्रशासन क्याम्पसमा अर्कैको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्ने व्यक्ति जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया हुन् । उनी हाल काठमाडौँ महानगरपालिका–४, धुम्बाराहीमा बसोबास गर्दै आएको प्रहरीको भनाइ छ । 

एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका उनलाई जनप्रशासन क्याम्पसको उजुरीको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर हाल अनुसन्धान भइरहेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई