त्रिवि तोडफोडमा संलग्न जोसुकै भए पनि उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।

नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध मुद्दा चलाएको छैन ।

त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटान गरेर उजुरी दिए पनि प्रहरीले गृह प्रशासनको संरक्षण पाएका आरोपीहरूलाई संरक्षण गरेको भन्दै आलोचना भएको छ । सोमबारको छलफलमा पनि निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकाहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई