त्रिवि तोडफोडमा संलग्न जोसुकै भए पनि उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।

नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध मुद्दा चलाएको छैन ।

त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटान गरेर उजुरी दिए पनि प्रहरीले गृह प्रशासनको संरक्षण पाएका आरोपीहरूलाई संरक्षण गरेको भन्दै आलोचना भएको छ । सोमबारको छलफलमा पनि निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकाहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ