सुदूरपश्चिममा थप चारजनामा कोरोना पुष्टि

काठमाडौँ, २४ जेठ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन् ।

त्रिनगरमा तीन र झुलाघाट नाकामा एकजनाको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए ।

उनले भने, “शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँचजनामा कोभिड पुष्टि भएको छ । संक्रमितहरूलाई होम आइसोलेसन’ बस्न भनिएको छ ।” शुक्रबार (जेठ २३) पाँच, बिहीबार एक र बुधबार तीनजनामा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो करिब

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका