कुष्ठरोगका बिरामी सबैभन्दा बढी मधेश प्रदेशमा

काठमाडौँ, २५ बैशाख । नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

आजदेखि काठमाडौँमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको बताए । उनका अनुसार मधेश प्रदेशमा कुल कुष्ठरोगीको एक तिहाइभन्दा बढी रहेका छन् ।

दोस्रोमा लुम्बिनी प्रदेश रहेको छ । जहाँ कुल कुष्ठरोगीको एक चौथाइभन्दा बढी कुष्ठरोगीहरू रहेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीमध्ये महिलाको सङ्ख्या एक हजार ४२ रहेकाे छ ।

त्यस्तै १४ वर्षमुनिका नयाँ बिरामीको सङ्ख्या एक सय ३६ रहेको सचिव डा. देवकोटाको भनाइ छ । उहाँले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको

एजेन्सी, ३१ भदौ । इरानको मशहद विमानस्थलबाट उडान भरेको केही समयमै  यात्रुवाहक विमान आपत्कालीन अवतरण गराउनु परेको छ । उडान

एजेन्सी, ३० भदौ । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।